वीरगन्जकी मुस्कान खातुन २०७६ भदौ २० गते बिहान स्कुल जाँदै गर्दा एसिड आक्रमणमा परिन्। त्यसबेला कक्षा ९ मा पढ्दै गरेकी खातुन १५ वर्षकी थिइन्।
उक्त घटना भएपछि उनी मूच्र्छित भइन्। साथीहरूले अस्पताल पुर्याए। वीरगन्जको नारायणी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं रेफर गरियो। निरन्तर उपचारपछि जेनतेन ठीक भइन्। तर, जलनले उनको अनुहार एकापट्टि पूरै बिग्रियो। उनलाई चिन्ता आफ्नो स्वरूपभन्दा पढाइ छुट्नेमा थियो। बुवा रसुल र आमा सहनाजले हौसला दिए। उनी शिक्षामा निरन्तर अघि बढेकी छन्।
अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित गरेको छ। उनलाई प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिंकलनले सम्मान गरेका थिए। यो पुरस्कार पाउनेमा खातुन पहिलो नेपाली हुन्।



